अपाङ्गता भएरपनि साईकल यात्रामा रारा पुगेका रसाइलीलाई काेराेनाले ढाल्याे
धनगढी । एउटा खुट्टाको सहारामा मेची-महाकाली मात्र नभई मुगुको रारा लेक अनि भारतका विभिन्न ठाउँका छोटा तथा लामो दुरीका प्रतिसपर्धामा सफल साईकिल यात्रा पुरा गरिसकेका कैलालीका यमलाल रसाईलीकाे काेराेना संक्रमणले ज्यान लिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशिका अनुसार लम्कीचुहा नगरपालिकाका ४३ बर्षिय ती पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको हाे ।
त्यस्तै कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ६३ बर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा विहान १ बजे मृत्यु भएको छ । यस अघि विहीबार मात्र सुदूरपश्चिमका १३ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए ।