Dashain Suvakamana

अक्सिजनको कमी नहुनेगरी संक्रमितको उपचार ब्यवस्था: मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अक्सिजनको कमी हुन नदिने गरी कोरोना संक्रमितको उपचार ब्यवस्था मिलाइएको बताएका छन् । सामाजिक विकास मन्त्री लगायत स्वास्थ्य सरोकारवाला, प्रशासन र स्थानीय तहका प्रमुखलाई आज विहीवार आफ्नो सचिवालयमा बोलाई यस्तो व्यबस्था मिलाउन निर्देशन दिएका हुन् ।

छलफलमा सहभागी सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका अनुसार यसका अलावा छलफलमा सबै जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण भैइरहेकाले सुदूरपश्चिममा रहेका अक्सिजन सप्लायर्सले आपुर्ति गर्न नसके बाहिरवाट भएपनि खरिद गर्ने, संघीय मन्त्रालयसँग समन्वय गरी आजैदेखि गेटा मेडिकल कलेजको एउटा भवनमा आइसोलेसन र होल्डिग सेन्टर स्थापनामा जुट्ने निर्णय भएको छ ।

यस्तै, नाकामा चेकजाँच गरेर मात्रै नेपाल प्रवेश गराउने, त्यसकालागि थप व्यबस्थापन, आवश्यक जनशक्ति तथा कीटहरु सामाजिक विकास मन्त्रालयले व्यबस्था मिलाउने, गम्भीर प्रकृतिका विरामी बढ्दै गएकाले सेती अस्पतालमा आवश्यक्ता अनुसार थप भेन्टिलेटर तथा आइसियु वेड थप्ने र संक्रमितको उपचारमा नीजि अस्पतालहरुकासँग सहयोगको आग्रह गर्ने निर्णय भएको उनले बताए ।

छलफलमा मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी, धनगढी उपमहानगरपालिका मेयर, सामाजिक विकास मन्त्रालयका सचिव, संघीय जनस्वास्थ्य महाशाखा प्रमुख, प्रदेश स्वास्थ्य आपुर्ति प्रमुख, सेती अस्पतालका मेसु लगायतको सहभागिता थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.