Dashain Suvakamana

कोभिड-१९ रोकथाम,नियन्त्रण र व्यवस्थापनमा सहयाेग गर्न मुख्यमन्त्रीकाे आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रकाे अवस्था बुझ्न धनगढी पुगेकाे संघीय स्वास्थ्य सेवा विभागकाे टाेलीसँग मुख्यमन्त्री त्रिलाेचन भट्टले कोभिड-१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनमा सहयाेग गर्न आग्रह गरेका छन् । बुधवार स्वास्थ्य सेवा विभागका माहानिर्देशक दिपेन्द्ररमण श्रेष्ठकाे नेतृत्वमा आएकाे टाेलीसँगकाे भेटवार्तामा यस्ताे आग्रह गरेका हुन् ।

No description available.महामारीले उग्ररुप लिएकाे याे बेला साखगरी भारतवाट आउने नेपालीकाे व्यबस्थापन उपचारमा दक्ष जनशक्तिकाे पुर्ति परीक्षण कीटकाे व्यबस्थापन र अक्सिजन अभाव हुन नदिन मुख्यमन्त्रीले आग्रह गरेकाे भेटवार्तामा सहभागी डा. जगदीश जाेशीले जानकारी दिए । उनका अनुसार टाेलीमा बालस्वास्थ्य महाशाखा निर्देशक, जनस्वास्थ्य प्रमुख लगायतकाे सहभागिता रहेकाे थियाे । यसअघि साेही टाेलीले सामाजिक मन्त्रालयमा कोभिड-१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने सम्बन्धि नीजि अस्पताल संचालकहरुसँग पनि छलफल गरेकाे थियाे ।

यी सबै छलफलले सकारात्मक रुप लिदै गएकाले अहिले नै आत्तिनुपर्ने अवस्था नभएकाे डा. जाेशीले बताए । यस्तै गेटामा निर्माणाधिन मेडिकल कलेजकाे एक भवनमा अस्थाई काेभिड अस्पताल स्थापना गर्न छलफल भैइरहेकाे उनकाे भनाई छ ।May be an image of one or more people, people standing, people sitting and indoor

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.