सबै अस्पतालमा दश दिनभित्रै अक्सिजन प्लान्ट जाेड्न मुख्यमन्त्रीकाे निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना नभएकाे बारेमा सराेकारवालासँग राेष प्रकट गरेका छन् । काेराेना महामारी भयावह बन्न लागेकाे बेला आज सरकार मातहतका स्वास्थ्य सराेकारवालालाई मन्त्रालयमा बाेलाई हप्ता दश दिनभित्रै अक्सिजन प्लान्ट जाेड्न निर्देशन दिएका हुन् ।
सुदूरपश्चिमका सबै जिल्ला तथा साना ठूला अस्पतालमा आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट स्थापनाकालागि प्रदेश सरकारले बजेट पठाएकाे महिनाैं हुँदा पनि अक्सिजन प्लान्ट नजाेडिनुकाे कारण माग्दै मुख्यमन्त्री भट्टले अवकाे हप्ता दश दिनभित्र सबै अस्पतालमा अक्सिजन जाेडिनुपर्ने बताएका हुन् ।
यस्तै, नाकामा चेकजाँचमा काडाईकासाथै हाेल्डिङ सेन्टर, आइसाेलेसन, क्वारेन्टाइन, विरामीकाे लागि ओैषाधी उपचारमा सरकारी र नीजि अस्पताल सबैलाई तयारी अवस्थामा राख्न समन्वय गर्न भनेका थिए । यी सबै व्यबस्थापन मिलाउन प्रदेशकाे सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी ताेकेकाे मुख्यमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ । छलफलमा मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सचिवहरु स्वस्थ्य सराेकारवाला निकाय प्रमुखकाे सहभागीता थियाे ।
यसैबीच सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय उपचारको लागि स्थान, जनशक्ति, उपकरणलगायतको व्यवस्थापनमा जुटेको छ। मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले व्यवस्थापनको लागि संघीय सरकार र स्थानीय तहसँग पनि समन्वय जारी रहेको बताए ।सरकारले गेटा मेडिकल कलेजको भवन प्रदेश आयुर्वेदिक चिकित्सालयकाे भवन लगायतका निर्माधिन खालि भवनलाई आइसोलेसनको रुपमा प्रयोग गर्न पहल थालेको छ।
मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै क्वारेन्टाइन तथा आइसोलेसनको लागि सुदूरपश्चिका ८८ ओटै स्थानीय तहमा पनि समन्वय जारी रहेकाे बताए ।
यसैवीच बढ्दो कोरोना माहामारी व्यावस्थापनका निम्ति समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले धनगढीका नीजि अस्पताल सञ्चालकहरुसंग कोरोना संक्रमितको उपचार, अस्पताल सञ्चालनमा नीजि क्षेत्रको सहयोग सम्बन्धमा छलफलकाे आयोजना गरेकाे सामाजिक विकासमन्त्रीका स्वकीय सचिव लाेकेन्द्र धामीले बताएका छन् । छलफलमा सामाजिक विकासमन्त्री सुवेदीले धनगढीका निजी अस्पतालका सञ्चालकसँग एउटा कोभिड डेटिकेटेड अस्पताल छुट्याउन आग्रह गरेका छन्। उनले कोरोना संक्रमितको उपचारमा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने गरी एउटा अस्पताल छुट्याउन आग्रह गरेका हुन्।