Dashain Suvakamana

सुदूरपश्चिममा आज एकैदिन ६३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार आज थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८३ जनाको स्वाब परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा सबै भन्दा धेरै कैलालीमा संक्रमित फेला परेका छन् । कैलालीमा मात्रै ५३ जनामा संक्रममण पुष्टि भएको हो । कैलालीकाे पनि धनगढीमा सबै भन्दा धेरै २९ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।त्यस्तै कैलालीकै गोदावरीमा ६ जना, घोडाघोडीमा ८ जना, टीकापुरमा ४ जना, जानकीमा ४ जना, जोशीपुरमा १ जना र चुरेमा १ जना संक्रमित फेला परेका छन् ।

कञ्चनपुरको पुनर्वासमा ५ जना, बेलौरीमा ३ जना र लालझाडिमा पनि १ जनामा संक्रमण पुष्टि भएको छ । बैतडी नवदुर्गाका १ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.