Dashain Suvakamana

मोटरसाईकल दुर्घटनामा १ को मृत्यु, १ जना घाइते

धनगढी । कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । जिल्लाको टिकापुर नगरपालिका १ बस्ने ६० वर्षीय राजु चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्तिबाट टिकापुर आउनेक्रममा टिकापुर ५ मौरानियामा चन्दले चलाएको से ७ प १३४८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो । पछाडी सवार सोही ठाउँका ४५ वर्षीय अनिल जोशि घाइते भएका छन् ।

आइतबार राति ८ बजेको समयमा भएको उक्त दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि कोहलपुर लैजाने क्रममा चन्दको बाटोमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै जोशिको टाउकोमा चोट लागेको छ । उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.