Dashain Suvakamana

ओलीले गर्दा एमाले पार्टी फुट्ने भाे, तयार रहनुस् : भीम रावल

धनगढी । एमालेका नेता भीम रावलले केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । ओलीको क्रियाकलापले एमाले फुट्न सक्ने संकेत रावलले गरे । शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा रावलले पार्टी विभाजन प्रधानमन्त्री ओलीले चाहेको आरोप लगाए ।

‘पाटी विभाजन गर्न हामीले खोजेको होइन,’ उनले भने, ‘केपी शर्मा ओलीले विभाजन खोजिरहनु भएको छ । भोलि निर्वाचनमा जाने कामका लागि पार्टीको कुनै एउटा स्थिति आइपुग्यो भने हामीले जुनसुकै कदम पनि चाल्नुपर्छ । त्यसका लागि तयार हुनुहोला ।’ उनले पार्टीको नाम र चुनाव चिन्ह फरक पर्न सक्ने भन्दै कार्यकर्ताहरूलाई तयार रहन निर्देशन दिए । नेता रावलले कर्णाली प्रदेशमा एमालेका सांसदहरूले स्वार्थका लागि ह्वीप उल्लंघन नगरेको बताउँदै भने, ‘पार्टीको स्वाधिनता र एकताका लागि ह्वीप उल्लंघन गरिएको हो ।’

उनले आवश्यक परे सुदूरपश्‍चिममा पनि यस्तो कदम चल्न सकिने बताए । रावलले फागुन २८ को निर्णय कुनै पनि अवस्थामा मान्य नहुने बताउँदै विधान संशोधनलाई पनि अवैध भएको बताए । ‘विधान संशोधनको कार्य र केपी ओली अवैधानिक अध्यक्ष भइसकेका छन्,’ उनले भने ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.