पूर्वकप्तान पारसको स्थानमा सन्दीप जोरा

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको स्थानमा सन्दीप जोरालाई ल्याइएको छ। पारसले चोटका कारण त्रिदेशीय ट्‍वान्टी-२० शृङ्खला गुमाउने भएका हुन्।

पारसको प्रशिक्षणका दौरान काँधमा चोटपछि तीन हप्ता आराम गर्न डाक्टरहरूले सल्लाह दिएका छन्। नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित प्रतियोगिता भोलिदेखि कीर्तिपुरस्थि टीयू क्रिकेट मैदानमा हुँदैछ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.