भारतीय नाका गौरीफन्टाहुँदै शुक्रवार नेपाल भित्रिएका ५९ जनामा कोरोना
धनगढी । भारतवाट आज शुक्रवार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ५९ जनामा कोरोना संक्रमण देखिएको छ।गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार सो नाका भएर आज १ हजार ४५ जना भित्रिएका छन्।
ती मध्ये ४ सय ७५ जनाको एन्टीजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुस्टी भएको उनले बताए।यसअघि बिहीबार मात्रै भारतका विभिन्न स्थानबाट कैलालीको त्रिनगर नाका हुँदै नेपाल भित्रिएका ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतमा कोरोना संक्रमण तीव्र गतिले फैलिन थालेपछि त्यहाँ रोजगारीको सिलसिलामा गएका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् ।त्रिनगर नाकामा गएको चैत तीन गतेदेखि एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको हो । उक्त नाकाबाट भित्रिएकामध्ये हालसम्म ८ हजार ४ सय ७६ जनाको कोरोना परीक्षण गरिएकाेमा पाँच सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।