Dashain Suvakamana

सुदूरपश्चिमका पत्रकार नरेन्द्रलगायत तीन जनालाई प्रेस चौतारीवाट पदमुक्त

काठमाडौं । प्रेस चौतारी नेपालले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ। बिहीबार चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको सचिवालय बैठकले वाग्मती प्रदेशका उपाध्यक्ष सुवेदी, सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष नरेन्द्र साउद र महासचिव राजेश राईलाई साधारण सदस्य कायम रहने गरी पदमुक्त गर्ने निर्णय गरेको हो।

अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्ति अनुसार हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा अवाञ्छित र अनाधिकृत रुपमा अन्य पक्षसँग मिलेर सङ्गठनका मूलधारका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै उनीहरूलाई कारबाही गरिएको हो। बैठकले उपमहासचिव हीरामान लामालाई विधानबमोजिम कार्यवाहक महासचिवको जिम्मेवारी दिएको छ।

यस्तै बिहीबारको बैठकमा अनुपस्थित उपमहासचिव रामकुमार एलन, सचिव अमृतनाथ तिमिल्सना र सुरोजङ्ग पाण्डेलाई यही वैशाख ३ गतेको सचिवालयको बैठकमा अनिवार्यरुपमा उपस्थित हुन निर्देशन गरेको छ। साथै बैटकले जिल्लास्तरमा गरिनुपर्ने कारबाही र सङ्गठन विस्तारका लागि सम्बन्धित प्रदेश समितिलाई अख्तियारी दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.