Dashain Suvakamana

नयाँ वर्षकाे पूर्वसन्ध्यमा डाेटीकाे जाेरायल पनि दाैडियाे

धनगढी । नेपालीहरुकाे नयाँ वर्ष सुरु भएकाे छ । नयाँ वर्षमा नयाँ जाेश र जागरकासाथ गाउँ समाजकाे सकारात्म परिवर्तनमा नयाँ पन दिन सरकारी तथा गैरसकारी निकायसँगै विभिन्न व्यबसायीहरु पनि लागिपरेका देखिन्छन् । यसै अवसरमा ‘दाैडिन्छ जाेरायल समृद्धिकाे बाटाेमा’ भन्ने मूल नाराकासाथ चैत ३१ गते ३२०० मिटर खुल्ला दाैड प्रतियाेगीता सम्पन्न भएकाे छ ।

No description available.राेयल जाेरायल युवा क्लवले धनगढीस्थित एस कम्प्युटर एण्ड सप्लायर्सकाे प्रायाेजनमा प्रतिरात्मक रुपमा ‘दाैडिन्छ जाेरायल समृद्धिकाे बाटाेमा’  खुल्ला दाैड प्रतियाेगीता गराएकाे हाे । स्थानीय नेता तथा सुदूरपश्चिम प्रदेका मुख्यमन्त्री त्रिलाेचन भट्ट प्रमुख स्वकीय सचिव शिव सिं ओली र एस कम्प्युटर एण्ड सप्लायर्स प्राेपाईटर डिल्लीराज भट्टले चैत ३१ गते ३२०० मिटर खुल्ला दाैड प्रतियाेगीताकाे उद्घाटन गरेका हुन् ।

उक्त खुल्ला दाैड प्रतियाेगीतामा रविन बाेहरा प्रथम भई प्रमाण पत्रसहित नगद रु १५००० (पन्ध्र हजार) दितीय भई निर्मल सार्कीले ८००० र तिर्तीय भई याेगेन्द्र मल्लले ४००० प्रमाण पत्रसहित हात पारेका छन् । यस वर्ष प्रतियाेगीतामा दुई दर्जन बढी युवा सहभागी रहेकाे र अर्काे वर्ष प्रतियाेगीतालाई अझै भव्य पारिने राेयल जाेरायल युवा क्लवका अध्यक्ष चेतराज भट्टले जानकारी दिएका छन् ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.