नयाँ वर्ष तथा विशु पर्वकाे अवसरमा मुख्यमन्त्री भट्टद्वारा शुभकामना व्यक्त
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले ‘नयाँ वर्ष तथा विशु पर्व’ मंगलमय बनाेस् भन्दै प्रदेशवासीका घर घरमा समृद्धि छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
नयाँ वर्ष २०७८काे सुरुआति विहानीमा आज शुभकामना सन्देश सार्वजनिक गर्दै मुख्यमन्त्रि भट्टले सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाई दिदीवहिनीमा सुश्वास्थ्य दीर्घायु तथा उत्तराेतर प्रगितकालागि शुभकामना ब्यक्त गरेका हुन् ।
काेराेना महामरीवाट प्रदेश अझै मुक्त हुन नसकेकाे अवस्थामा भाैतिक दूरी अपनाउँदै सरकारले अवलम्वन गरेका स्वास्थ्य मापदण्डहरु पालना गरी सतर्कतासाथ सुदूरपश्चिमेलीकाे परम्परागत ‘विशु पर्व’ उल्लासकासाथ मनाउन आग्रह गरेका छन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्- ‘नयाँ वर्षमा नयाँ पन र नयाँ उमंगकासाथ समाज तथा प्रदेकाे विकास तथा समृद्धिकालागि अगाडी बढ्न, एकजुट हुन सबैलाई प्रेरणा मिलाेस् भन्ने शुभेक्षा व्यक्त गर्दछु ।’