Dashain Suvakamana

गाै संरक्षण सबैकाे दायीत्व हाे, छाेड्नेलाई कारवाही हुनुपर्छ:मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले गाै संरक्षण सबैकाे दायीत्व भएकाे बताएका छन् । गाै संरक्षणकाे माग गर्दै हिन्दू महासंघ नेपालकाे ज्ञापनपत्र बुझ्दै आईतवार मुख्यमन्त्री भट्टले दूध दिंदासम्म पाल्ने र अनि छाेड्ने गरेकाे देखिन्छ, छाडा छाेड्नेलाई कारवाहीकाे दायरामा ल्याउन सक्नुपर्ने बताए ।

छाडा गाईगाेरु कैलाली-कञ्चनपुरकाे मात्रै नभई देशभरकै समस्य भैईसकेकाले व्यबस्थापनसँगै छाडा छाेड्नेलाई कडा कारवाही गराउन सम्बन्धित सबै पक्षले सकृयता देखाउनु पर्ने बताए । No description available.छाडा गाईगाेरु व्यबस्थापनमा सबैजसाे स्थानीय तहहरु लागेका भएपनि समस्य ज्यूँका त्यूँ रहेकाले अव व्यबस्थापनसँगै छाडा छाेड्नेलाई कारवाही गरिनुपर्ने उनकाे भनाई थियाे ।

महासंघ पदाधिकारीकाे टाेलीले गाईलाई हिन्दूहरु आमा सरह मान्ने मात्रै नभई राष्ट्रिय जनावर पनि भएकाले गाै माता र हिन्दूधर्म संरक्षण गर्न माग गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.