धनगढीका ३ सहित शनिवार सुदूरपश्चिमका ७ जनामा काेराेना पुष्टी

धनगढी । धनगढीका ३ सहित सुदूरपश्चिमका थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। पछिल्लाे २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ६९ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका–३ की ६० वर्षीया महिला, धनगढी–२ का १९ वर्षीय पुरुष र धनगढी–५ का ४१ वर्षीय पुरुषमा संक्रमण पुस्टि भएको हो। यस्तै कैलालीकै २४ वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–५ की ७२ वर्षीया महिलामा पनि संक्रमण देखिएको श्रेष्ठले बताए।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले बैतडी अस्पतालको प्रयोगशालामा ६ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको जानकारी दिएकाेछ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.