नेपाल पत्रकार महासंघ डडेल्धुरामा पाँच जना निर्विरोध निर्वाचित
डडेल्धुरा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा डडेल्धुराको निर्वाचनमा पाँच जना निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्ष, सह–सचिव, सह–सचिव (समावेशी), आदिवासी, जनजाति सदस्य र दलित सदस्य निर्विरोध निर्वाचित भएका हुन्।
कोषाध्यक्षमा ललित बोहरा, सह–सचिवमा भूपेन्द्र विष्ट, सह–सचिव (समावेशी) मा थाहाकर्मी प्रकाश पार्की, जनजाति सदस्यमा भक्त गाहामगर र दलित सदस्यमा विमल जैरु निर्वाचित भएका हुन्।
जनजाति सदस्यमा एकल उम्मेदवारी परेपछि गाहामगर निर्वाचित भएका निर्वाचन समितिले जनाएको जनाएको छ। अन्यको हकमा ती पदका उम्मेवारले सोमबार आफ्नो उम्मेदवारी फिर्ता दिएपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।