Dashain Suvakamana

‘केन्द्रमा स्थिर सरकार हुनुपर्छ भन्नेहरु नै प्रदेशमा अस्थिरता खाेज्दैछन’:मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले संघीय सरकार स्थिर हुनुपर्छ भन्नेहरु प्रदेशमा अस्थिरता ल्याउन खाेज्दै हिडेकाे बताएका छन् । शनिबार कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उद्घाटन गर्दै जनसवाल र विकास निर्माणमा राजनीति गर्नु नहुने बताएका हुन् ।

मुख्यमन्त्री भट्टले भने- ‘विकास निर्माण तथा समृद्धिकालागि संघ हाेस या प्रदेश, सबै सरकार पूर्ण अवधिकाे हुनुपर्नेमा आफ्ना गलत कदममा साथ नदिएकाे झोकमा प्रदेशमा अस्थिरता ल्याउन खाेजिरहेका छन्,  याे सरासर गलत हाे. राजनीतिक बेईमानी हाे ।’ बर्षोंदेखि निर्माणमा गति नलिएकाे श्रीपुर खानेपानी याेजना प्रदेश मातहतमा आएपछि सम्पन्न गर्न सफल भएकाे भन्दै उनले विकास निर्माण र जनताका समस्या सम्बाेधनमा राजनीति गर्नु नहुने बताए ।

सुदूरपश्चिमका सबै नागरिकलाई स्वच्छ खानेपानी पु¥याउन प्रदेश सरकार लागिपरेको भन्दै उनले खानेपानीका मुल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा  पानीका मुहान बचाउने योजनामा विशेष ध्यान दिनुपर्ने बताए । जसकाे कारण पर्यावरणमा देखिने परिवर्तन पनि एक भएकाे उनले बताए ।

संघिय सरकार मार्फत २०७१ देखि निर्माण सुरु भएकाे उक्त आयोजना सोहि कार्यक्रमका विच श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई हस्तान्तरण गरिएको छ । खानेपानी डिभिजन कार्यालयका ईन्जिनियर मोहन बहादुर कुवँरले राष्ट्रिय स्तरको उक्त खानेपानी आयोजना मार्फत १ हजार ४ सय ७५ घरधुरीका ९ हजार ९ सय ३० जना लाभान्बित हुने जानकारी दिए ।

श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष प्रेम वोगटीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री भट्ट सँगै समाजिक विकास मन्त्री कृष्णराज सुवेदी, प्रदेश सांसद चुनकुमारी चौधरी, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसस्थाका प्रतिनिधि लगायत स्थानीय जनताकाे सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.