मेयर, उपमेयर कप फुटबलमा आज महिला र पुरूष दुवैतर्फ फाइनल भिडन्त

धनगढी । धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा जारी धनगढी मेयर, उपमेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज शुक्रबार भिडन्त हुँदैछ।

महिलातर्फको उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर १९ भिड्ने भएका छन्। पुरूषतर्फ भने उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर ७ प्रतिस्पर्धा गर्ने भएका हुन्।महिला तथा पुरूष दुवैतर्फको फाइनल खेल वडा नम्बर ७ स्थित कालिका मन्दिरको खेल मैदानमा हुने आयाेजकले बताएकाे छ ।

यसअघि फुलबारीस्थित डी गाउँको खेल मैदानमा भएको पुरूषतर्फको पहिलो सेमिफाइनलमा वडा नम्बर ७ ले वडा नम्बर १६ लाई ३–१ गोलअन्तरले पराजित गरेको हो। त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा  वडा नम्बर १२ वाकओभर पाउँदै फाइनल पुग्यो।महिलातर्फका दुवै सेमिफाइनलमा जित हात पार्दै वडा नम्बर १२ र १९ उपाधिका लागि भिड्न यसअघि नै फाइनल पुगिसकेका छन्।

प्रतियोगितामा प्रथम महिला र पुरूष टिमलाई १ लाख १ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी र प्रमाणपत्र, द्धितीय हुने टिमलाई ५१ हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक दिपेन्द्र सिंहले जानकारी दिए। उनकाअनुसार सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद, मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.