Dashain Suvakamana

यसवर्ष धनगढी जेसिजले चैत २८ गते समावेशीरुपमा धनगढी दौडाउने

धनगढी । विगतमाझै नयाँवर्षकाे उपलक्ष्यमा यसवर्ष पनि धनगढी जेसिजले ‘अब धनगढी दौडन्छ’ नाराका साथ धनगढी हाफ म्याराथुन २०२१ आयाेजना गर्ने भएको छ । अघिल्लो पटक कोरोना भाईरसका कारण हुन नसकेको प्रतियोगिता यस बर्ष समाजमा रहेका थप वर्गलाई समेटेर समावेशी बनाईएकाे शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

नयाँ वर्षकाे पूर्वसन्ध्यामा यस बर्ष चैत २८ गते शनिबार हाप म्याराथुन तयारीकालागि धनगढी जेसिजका कार्यकारणी उपाध्यक्ष मोहन ओझाको संयोजकत्वमा समिति गठन गरेकाे धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले जानकारी दिए । म्याराथनको खुला दौडका अन्तरगत प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितियलाई ३३ हजार तिन सय ३३ र तृतियलाई २२ हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ । कर्पोरेट मिडिया तर्फको दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितियलाई तीन हजार तीन सय ३३ र तृतियलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ ।

यस्तै कर्पोरेट महिलातर्फ प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतियलाई पाँच हजार पुरस्कार राखिएको मुल आयोजक समितिका संयोजक मोहनराज ओझाले जानकारी दिए । उनका अनुसार विगतमाझैं अपाङ्गता भएका व्यक्तिकाे टाईसाइकल दाैड पनि सहभागी गरिएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.