लकडाउन हुने हल्लापछि भारतबाट फर्किने नेपाली बढ्दै
धनगढी । भारतका विभिन्न सहरहरुमा कोरोना संक्रमण फेरि बढ्न थालेपछि भारत गएका सुदूरपश्चिमेलीहरु पनः घर फर्किन थालेका छन ।कोरोनाका कारण लकडाउन हुने हल्लापछि भारतबाट फर्किने नेपालीको संख्या बढ्दै गएको हो ।
अघिल्लो बर्ष कोरोनाको त्रासले घर फर्किएका सुदूरपश्चिमेलीहरु घरमा वेरोजगा भएर बस्नु परेको भन्दै फेरि भारत गएका थिए । तर अहिले भारतमा कोरोनाको दोस्रो चरण महामारी फैलिन थालेपछि उनीहरु घर फर्कन थालेका हुन । एक हप्ता भन्दा अगाडी भारत जानको लागि कैलाली र कञ्चनपुरका सिमा नाकामा लाईनमा बस्दै आएका नेपालीहरु अहिले भारतबाट स्वदेश फर्कन लाइनमा बस्दै आएका छन ।
भारतको राजधानी दिल्ली, ठूला सहर मुम्बई, गुजरात, चेन्नईसहितका प्रदेशमा कोरोनाका बिरामी बढिरहेका छन् । कोरोनाको दोस्रो चरणको महामारी फैलिन थालेपछि भारत सरकारले प्रभावित प्रदेशमा लकडाउन गर्ने संकेत गरेको छ । कोरोनाको पहिलो चरणभन्दा दोस्रो भाइरस अझ खतरनाक रहेको भनिएपछि नेपालीहरु धमाधम घर फर्किन थालेका हुन् ।
सीमा क्षेत्रमा पछिल्लो एक हप्तादेखि घर फर्किने नेपालीको संख्या दैनिक बढिरहेको छ ।सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट फर्कने नेपालीहरुको एन्टीजेन परिक्षण गर्न, सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने, कोरोना संक्रमण देखिएका व्यक्तिका लागि आइसोलेसनको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गरिरहेकाे छ ।