Dashain Suvakamana

सुदूरपश्चिमका पारा खेलाडीहरुलाई नि:शुल्क ह्वीलचियर वितरण

विकास सिंह महता

धनगढी । सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका खेलाडीहरुलाई नि:शुल्क ह्वीलचेयर वितरण गरिएको छ । बुधबार सुदूरपश्चि प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा अपाङ्गता साहायता प्रतिष्ठानले नेपाल पाराओलम्पीक कमिटी सुदूरपश्चिम प्रदेशमा आवद्ध खेलाडीहरुलाई नि:शुल्क ह्वीलचियर वितरण गरेकाे हाे ।

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज अनामनगर काठमाण्डौले खेलाडीहरुलाई निशुल्क प्रदान गरेकाे स्पाेर्टस ह्वीलचियर तथा ट्राईसाइकल र कम्फोटेबुल ह्वीलचियरहरु सुदूरपश्चिम भरी छरीएर रहेका खेलाडी र अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्रीकाे रुपमा  वितरण गरिएकाे हाे ।

वितरण कार्यक्रममा प्रमुख अतिथि रहेका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले अपाङ्गता भएका गोदावरी नगरपालिका–३ का जेष्ठ नागरीक विरबहादुर भाटलाई ह्वीलचियरमा बसाई कार्यक्रमको उद्धघाटन गरेका थिए । मन्त्री सुवेदीले कार्यक्रम बोल्दै अपाङ्गगता भएका व्यक्तिको पहुँच र क्षमता अभिबृद्धीकालागि सुदूरपश्चिम सरकार सधै तत्पर रहेको बताए ।

वितरण समाराेहकाे अध्यक्षता गरेका अपाङ्गता सहायता प्रतिष्ठानका अध्यक्ष भवानी ऐरले कार्यक्रमबारे अवगत गराउँदै दातृसंस्था र प्रदेश सरकार सामाजिक मन्त्रालयप्रति कृतज्ञता ब्यक्त गरे । शुभकामना मन्तव्य पाराओलम्पिक कमिटी सुपका अध्यक्ष दिर्घ कुमार स्वार र प्रदेश खेलकुद परिषदका नव नियुक्त सदस्य झलक शाहले राखेका थिए ।

No description available.विशिष्ठ अतिथिमा सामाजिक मन्त्रालयका उप–सचिव गोविन्दराज पोखरेल, राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज नेपालका अध्याक्ष सुगम भट्टराई र प्रदेश खेलकुद परिषदका नव नियुक्त सदस्य सचिव दिपक बहादुर सिंह रहेका थिए ।

नेपाल पारा ओलम्पिक कमिटी सुपका सचिव संजय कटेलले संञ्चालन गरेकाे कार्यक्रममा मन्त्रालयका विभिन्न शाखा प्रमुखहरुसहित कैलाली-कञ्चनपुरदेखि डडेल्धुरा, बझाङ, अछामलगायत पहाडी जिल्लाका अपाङ्गता भएका व्यक्ति, खेलाडी सहभागी थिए । साे कार्यक्रममा प्रदेशभरका ३० जनालाई ह्वीलचियर ट्राईसाइकल वितरण गरिएकाे छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.