Dashain Suvakamana

पत्रकार महासंघद्वारा मतदाता नामावली सार्वजनिक,सुदूरपश्चिममा ११७६

धनगढी । नेपाल पत्रकार महासंघले अगामी चैत २५ गते हुने निर्वाचनका लागि मतदाता अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।महासंघले सुदूरपश्चिमसहित सबै जिल्लाको जिल्लागत मतदाता नामावली सोमबार सार्वजनिक गरेको हो। 

mahotsab

महासंघले सार्वजनिक गरेको नामावलीअनुसार सुदूरपश्चिममा १ हजार १ सय ७६ पत्रकारले मतदान प्रक्रियामा सहभागिता जनाउन पाउने भएका छन्।

कञ्चनपुरमा २ सय ५३, कैलालीमा १ सय ८९, अछाममा १ सय ३४, बैतडीमा १ सय ३२ जना मतहदाता रहेका छन्। यस्तै, बाजुरामा १ सय ८, दार्चुलामा ९८, डडेल्धुरामा ९३, डोटीमा ८९ र बझाङमा ८० पत्रकारले अगामी निर्वाचनमा मतदान गर्न सक्नेछन्।

महासंघको केन्द्रीय कार्य समिति, प्रदेश समिति र जिल्ला शाखाहरुको नेतृत्व चयनका लागि अगामी चैत २५ गते निर्वाचन हुँदैछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.