Dashain Suvakamana

प्रदेश संकट व्यबस्थापन केन्द्रकाे बैठक: काेराेना जाेखिमकाे पूर्व तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकाे प्रदेश संकट व्यबस्थापन केन्द्रकाे बैठकले काेराेना जाेखिमकाे पूर्व तयारी थाल्ने निर्णय गरेकाे छ । धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा मुख्यमन्त्री त्रिलाेचन भट्टकाे अध्यक्षतामा बसेकाे आजकाे बैंठकले यस्ताे निर्णय गरेकाे हाे ।

बैठकमा काेरना महामारीमा अहिलेसम्म भएगरेका काम कारवाहीकाे समिक्षा गर्दै छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउने, हेल्थ डेस्कमार्फत केही दिनदेखि शङ्कास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिने, सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने लगायतका निर्णय भएकाे प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले जानकारी दिए ।

May be an image of one or more people, people sitting, people standing and military uniformबैठकमा सहभागी सामाजिक मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले राेग नियन्त्ररण तथा राेकथाम अहिले पनि जारी रहेकाे बताउँदै भने- ‘भारतमा कोरोना बढेको खबर आइरहँदा सीमा नाकामा एन्टिजेनको पुनः व्यवस्था गरी कोरोनाको  सामान्य जाँच गरेर भित्रिन दिने व्यवस्था गरेका छौं’, महाशाखाका प्रमुख कार्कीले भने–‘केही दिनदेखि मुख्य गरेर कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा यो व्यवस्था गरेकामा आवश्यकताअनुसार झुलाघाट र बैतडीका सीमा नाकामा पनि एन्टिजेनको व्यवस्था गर्ने पहल भएको छ ।’

बैठकमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री सचिव कैलालीका प्रमुख जिल्ला अधिकारी धनगढी उपमहानगरपालिका सुरक्षा निकायका प्रदेश प्रमुख प्रदेश स्वास्थ्य निर्देशकसँगै स्वास्थ्य सराेकारवालाकाे सहभागीता थियाे । यसैक्रममा सुदूरपश्चिम प्रदेशमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप (कोभी शिल्ड) पहिलो र दोस्रो चरणमा लक्षित समूहलाई दिइसकिएको छ । पहिलो चरणमा कोभिड–१९ को उपचार व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, शव व्यवस्थापनमा खटिनेलाई यो खोप दिइएको थियो । दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिलाई यो खोप दिइएको छ ।

खोप लगाएकालाई दोस्रो मात्रको खोप आगामी वैशाख ७ गतेबाट दिने तयारी भइरहेको छ । ‘पहिलो खोप लगाइसकेकालाई खोपको दोस्रो मात्रा लगाउन व्यवस्थापन भइरहेको छ’, स्वास्थ्य निर्देशनालय दिपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले भने–‘नयाँ खोप आएपछि खोपको उपलब्धताका आधारमा अन्य उमेर समूहका व्यक्तिलाई पनि खोप लगाउने तयारी भइरहेको छ  ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.