संसारको सबैभन्दा खुसीको देशको सूचीमा फिनल्याण्ड दुनियाँको सबैभन्दा खुसीको देश मानिएको छ ।यूएन सस्टेनेबल डेभलपमेन्ट सोल्युशन्स नेटवर्कद्वारा प्रायोजित १४९ देशको यो वार्षिक रिपोर्ट प्रति व्यक्ति जिडिपी, स्वस्थ जीवन र नागरिकको रायमा आधारित छ । यो सर्वेक्षणमा मानिसहरुसँग १–१० को स्केलमा केही प्रश्न सोधिएको थियो । जस्तै विपरित परिस्थितिमा उनीहरुले कति सामाजिक सहयोग पाए र उनीहरुका अनुसार उनीहरु कति भ्रष्ट र कति उदार छन् ।
‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२१’ का अनुसार थुप्रै देशमा कोरोनाको विध्वंशका बावजूद मानिसहरुको खुसी जीवन कम प्रभावित भएको छ ।कोरोना भाइरसले सन् २०२० लाई पूर्ण रुपमा ध्वस्त पारिदियो । यो एन्जाइटी, डिप्रेशन, एक्लोपन, लकडाउन, महामारी र मृत्युको वर्ष थियो । तर शुक्रबार जारी १४९ देशको वर्ल्ड ह्याप्पिनेस रिपोर्टका अनुसार महामारीको यो स्तरले पनि मानिसहरुको आशा र उत्साहलाई डग्मगाउन सकेन ।
यस्तै दोस्रो स्थानमा डेनमार्क, तेस्रोमा स्विटजरल्याण्ड, चौथोमा आइसल्याण्ड, पाँचौंमा नेदरल्याण्ड, छैटौंमा आइसल्याण्ड, सातौंमा नर्वे, आठौंमा स्वीडन र नवौंमा लग्जमबर्ग छन् । न्यूजिल्याण्ड एक्लो यस्तो गैर–युरोपेली देश हो जसले १० औं स्थानसहित शीर्ष १० मा स्थान बनाएका छन् ।स्मरण रहोस्, वल्ड ह्याप्पिनेस रिपोर्टमा फिनल्याण्डले लगातार चौथो पटक पहिलो स्थान प्राप्त गरेको छ ।
यस्तै संयुक्त राज्य अमेरिका जो पाँच वर्ष अघि १३ औं स्थानमा थियो, १८ औं स्थानबाट खस्किएर १९ औं स्थानमा पुगेको छ । बेलायतमा कोरोनाका कारण सवा लाखको मृत्युपश्चात् पनि सूचीमा यो देश १७ औं स्थानमा छ । एजेन्सी