Dashain Suvakamana

मान्छेमाथि बैतडीमा पुन: चितुवाको आक्रमण, एक महिला घाइते

धनगढी । बैतडीमा चितुवाले मान्छेमाथि पुन: आक्रमण गर्न थालेकाे छ । नरभक्षी बाघकाे त्राही रहेका बेला केही महिनाअघि स्थानीयले लखेटी लखेटी बाघ मारेपछि शान्तझैं रहेकाे बैतडीमा चितुवाको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्।

जिल्लाको सुर्नया गाउँपालिका–८ मा चितुवाले आक्रमण गर्दा ४० वर्षीया नारु साउद घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनको डडेल्धुरामा उपचार भइरहेको छ ।

स्थानीय भौनेली मन्दिर नजिकैको जंगलमा बादँर धपाउन गएको बेला उनलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.