ग्लोबल आईएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ सेवा
काठमाडौं । ग्लोबल आईएमई बैंकले नयाँ आठ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले धनगढीकाे मिलनचाेक सहित इलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहुँको टुहुरेपसल, लमजुङको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५३ पुगेको छ ।