Dashain Suvakamana

आज १११औँ अन्तराष्ट्रिय महिला दिवस, मुख्यमन्त्री भट्टद्वारा शुभकामना ब्यक्त

धनगढी । आज ८ मार्च, १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस । महिलालाई पनि समान ज्याला र भोटको अधिकार हुनुपर्छ भन्दै अन्तर्राष्ट्रिय स्तरबाट सुरु भएको आन्दोलनको सम्झनामा हरेक वर्ष फागनु २४ गते तथा ८ मार्चको दिन यो दिवस संसारभर मनाइन्छ ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै छ ।महिला अधिकारको लागि आन्दोलनको प्रेरणाको स्रोत मानिने याे दिवस नेपालमा पनि छुट्टा छुट्टै संघ संस्था, महिला संगठनहरुले विभिन्न कार्यक्रम गरि मनाउने गर्दछन् ।

यही अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले जनसंख्याकाे आधा भन्दावढी हिस्सा ओगटेकाे महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्ने बताएका छन् । शुभकामना सन्देश मार्फत देश, विदेश तथा प्रदेशमा रहेका सम्पूर्ण दिदी वहिनीमा शुभकामना ब्यक्त गर्दै भनिएकाे छ- ‘संविधानले लैङ्गिक भेदभाव विना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तकाे अधारमा सहभागी हुने हक सुनिश्चित गरेकाे भएपनि अझै समाजिकरुपमा देखिएका विकृति, विसंगति र महिलामाथि गरिने भेदभाव अन्त्यकालागि सामाजिक न्यायसहित रुपान्तरणकाे अभियानमा सहभागी हुन आग्रह गर्दछु।’

मुख्यमन्त्री भट्टले अगाडी भनेका छन- ‘क्षतिपूर्ति स्वरुप थप अधिकारकालागि अवसर प्रदान गर्दै महिला दिदी वहिनीहरुमा सुख शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं दिर्घायुकाे कामना गर्दछु ।’No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.