Dashain Suvakamana

‘सर्बोच्चकाे फैसलाले कानुनी जटिलता थप्याे’ : मुख्यमन्त्री भट्ट

विकास सिंह महता 

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले सर्वोच्च अदालतले आज गरेकाे फैसलाले संवैधानिक/कानुनी जटिलता थपेको बताएका छन् ।आईतवार  कञ्चनपुरको बेदकोट नगरपालिका चौधर नदीमा पुलकाे सिलन्यास गर्दै मुख्यमन्त्री भट्टले पार्टी एकीकरण पछिका ३ बर्षमा धेरै कामहरु भएको र त्यसलाई तीन तहकै सरकारले पनि स्वामित्वमा लिएकाले झन कानूनी जटिलता थपिनसक्ने बताएका हुन् ।

सर्बाेच्चकाे निर्णयले एमाले र माओवादी केन्द्र पूर्ववत: रूपमा ब्युँतिने फैसला गरे पनि यी दुबै पार्टी कानुनी रूपमा अर्कैका नाममा दर्ता रहेकाले यो फैसला झन जटिलतातर्फ जाने उनकाे भनाई थियाे । No description available.महाकालीपछिकाे दाेस्राे ठूलाे उत्तर चुरे भएर बग्ने चौधर नदीमा पक्की पुल निर्माणकाे सिलन्यास गर्दै प्रदेश सरकारले जनताको आधारभूत आवश्यकता र पूर्वाधार निर्माणका कार्यलाई प्राथमितामा राखेको बताए । ‘पुल निर्माण कार्यका लागि प्रदेश सरकारले बजेटको कमि हुन दिदैन, ‘मुख्यन्त्री भट्टले भने, ‘समयमै निर्माण गर्नुपर्छ, त्यसमा सरकारी निकाय र निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ ।’

पुल शिलन्यास कार्यक्रममा कञ्चनपुरका प्रदेश सभा सदस्यहरुले चुनावी प्रतिबद्धता अनुरुप विकास निर्माण कार्य अघि बढाईएको बताएका छन । पूर्व राज्यमन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश रावलले प्रदेश सरकारले विकास निर्माणका काम योजना अघि बढाएको बताए । उनले जनताको आवश्यकता अनुरुप विकास निर्माण कार्य अघि बढाएको बताए । No description available.सो निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य लालबहादुर खडकाले चौधर नदीमा लामो समयदेखि पुल निर्माण हुन नसक्दा स्थानीयलाई समस्या भोक्नु परेको बताए । ‘यहाँका जनताको समस्या मध्य नजरगर्दै हामीले पहिलेदेखि पटक पटक पहल प्रयास गर्दै आएका थिए, आज सफल भईयो ।’

अर्का प्रदेश सभा सदस्य मानबहादुर सुनारले प्रदेश सरकारले विकास निर्माण कार्यलाई उच्च प्राथमिकतामा अघि बढाएको बताए । पुल शिलन्यास कार्यक्रमका अध्यक्ष तथा बेदकोट नगरका मेयर अशोक कुमार चन्दले बेदकोट नगरको चौधरी नदीमा पुल निर्माणसंगै नगरका एक गाँउदेखि अर्को गाँउ जोड्ने काम भएको बताए । समयमै पुल निर्माण गर्नुपर्ने मेयरको चन्दको भनाई छ ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दिपक नेगीले एक सय मिटर लम्बाई रहेको पुल निर्माणका लागि केएस कष्ट्रक्सन प्रालिले तीन बर्षमा भित्र सम्पन्न गर्नका लागि सम्झौता गरेको बताए । उनका अनुसार ५०/५० मिटरमा स्पान, ११ मिटर चौडाईको १.७५ दायाँबाया फुटपात र दुवैतर्फ अढाई अढाई किलोमिटर सडक कालोपत्रे हुनेछ । ११ करोड ५४ लाख लागतमा निर्माणका लागि कम्पनीले आगामी २९ असार ०८०सम्म निर्माण गरिसक्नुपर्नेछ ।

केएस कष्ट्रक्सन प्रालिका ईन्जियर अम्मर सिह ऐरीले निर्माण कार्य यथाशिघ्र काम अघि बढाईने प्रतिबद्धता जाहेर गरे । रत्नमाध्यामिक विद्यालयका पुर्व अध्यक्ष एव स्थानीय युवा सागर सुनारले चौधर नदीमा पुल निर्माणसंगै स्थानीय जनता हर्षित भएको बताए । ‘दुवै गाँउ जोड्ने नदीमा पुल निर्माण हुने भएकोछ, ‘उनले भने, ‘यहाँका जनतालाई घुमाउरो हिसाबले आवत जावत गर्नुपर्ने बाध्यता थियो, नयाँ गाँउका स्थानीयलाई वारी विद्यालयमा आउन समस्या थियो, अब त्यो हट्छ ।’ No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.