Dashain Suvakamana

धनगढीको आलोक मल्टी कन्सर्न उद्धघाटन हुन नपाउँदै यसरी भयाे खरानी !

धनगढी । धनगढीकाे वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रा.लि.उद्धघाटन हुन नपाउँदै खरानी भएको छ । लामो समय डडेल्धुरामा व्यवसाय गरेका युवा व्यवसायी भोजराज भट्टले सुदूरपश्चिम प्रदेशलाई लक्षित गरि धनगढीमा तीन करोड लगानिमा आलोक मल्टी कन्सर्न उद्योग संचालनमा ल्याउन लागेका थिए ।

त्यो  उद्योगमा लागेको आगोले उद्योग संगसगै  युवा व्यवसायी भोजराज भट्टको करोडौं पैसा र पसिना अनि व्यवसायमार्फत अग्रसर सपना समेत खरानि भएको छ।

घर तथा भवनकाे डेकुरेसन संगसंगै कन्सल्टेन्सी सेवा उपलब्ध गराउने उद्धे्रश्य बोकेका भट्टले धेरै सेवाग्राहीले घरभित्रको डिजाइन कस्तो राख्ने रु वास्तुशास्त्र अनुसार कुन दिशामा वेड, किचन, बाथरुम, ट्वलेट राख्दा शुभ मानिन्छ यी सबै पक्ष, अर्थात प्रश्नहरुमा समेत ग्राहकहरुलाई सन्तुष्ट गराउने भट्टको उद्धेश्य चक्नाचुर भएको छ ।

आगलागीको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलाागीबाट करोडौंको नोक्सान भएको आकलन गरिएको छ ।उद्योगमा भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.