सार्वजनिक हुँदै विप्लवले के भने यस्ताे-‘यो कस्तो प्रेम भयो, जून र घामको’
धनगढी । दुई वर्ष भूमिगत रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार दिउँसो राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओलीसँगै राष्ट्रिय सभा गृहमा झुल्किए।
सरकार र विप्लव नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भने- ‘यो कस्तो प्रेम भयो, जून र घामको . .कहिल्यै भेट नहुने’ कर्णालीतिर यस्तो गीत गाइन्छ भन्दै उनले केही शब्द खर्चिए। गीतले त्यस्तो भने पनि सरकार र आफूहरू सहमतिमा पुग्नु घाम र जूनको भेट भएजस्तै भएको उनको भनाइ थियो।
शान्तिपूर्ण गतिविधि गर्ने प्रतिवद्धता जनाउदै उनले भने- ‘कम्युनिष्ट विद्रोहका मात्रै योद्धा होइनन् शान्तिका दूत पनि हुन्, सहमति पालना गर्छौं। आशंका र उत्तेजनामूलक कुतर्क गर्न जरूरी छैन।’ उनले जनताले फैसला गर्ने कुरामा आफूहरूलाई विश्वास रहेको भन्दै चुनावको संकेत पनि गरे।