Dashain Suvakamana

मुख्यमन्त्री नमुना कृषि गाउँ कञ्चनपुरद्वारा उखु कृषकलाई कृषियन्त्र वितरण

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत कञ्चनपुरका उखु कृषकहरुलाई अनुदानमा कृषि यन्त्र तथा उपकरण वितरण गरिएको छ ।

कृषकहरुको लागत मुल्य घटाएर उत्पादन र उत्पादकत्वमा वृद्धि गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले समितिमा आवद्ध व्यावसायिक उखु कृषकहरुलाई कृषि यन्त्र तथा उपकरण वितरण गरिएको हाे । 

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम र कृषि ज्ञान केन्द्र कञ्चनपुरद्वारा सञ्चालित मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कृषक समन्वय समिति लालझाडीले कृषकहरुलाई सो सामाग्री वितरण गरेको बताइएकाे छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार उन्नत जातको उखु खेतीलाई प्रवद्र्धन गर्न ज्ञान केन्द्रले बिउविजन, मलखाद, विषादी, कृषि औजार वितरणसँगै आवश्यक सहयोगका लागि कृषि प्राविधिक पनि खटाएको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.