जनयुद्धका घाइते, अपाङ्गता भएकालाई व्यवस्थापन गछौँ : मुख्यमन्त्री भट्ट
सुखड । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनयुद्धमा घाइते, अपाङ्गलाई व्यवस्थापन गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । ‘उपलब्धिको रक्षा बलिदानको सम्मान, स्वाभिमान जन कल्याण अभियान’ अन्तरगत शुक्रवार कैलालीकाे सुखडमा अखिल भारत नेपाली एकता मञ्चको आयोजना भएको सहिद सप्ताह कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेशमा भएका सम्पूर्ण शहिद परिवार, बेपत्ता जनका आफन्त, घाइते अपाङ्गता भएकालाई उच्च समुमानकासाथ व्यबस्थान गरिने बताए ।
जनयुद्धमा त्याग तपत्या र बलिदान गर्ने व्यक्तिहरूलाई प्रदेश सरकारले व्यवस्थापन गरिरहेको बताएका छन् । अहिलेकाे राज्यव्यबस्था ल्याउनमा तपाईहरु खुन पसिना बगेकाे प्रदेश सरकारले नबिर्सने प्रतिबद्धता ब्यक्त गर्दै दिगाे ब्यवस्थापनकालागि नीतिगत रुपमै विभिन्न खालका सिपमूलक कार्यक्रममा सहभागी गराई स्वरोजगार बनाउने देखि आर्य आर्जनलाई बढाउने कुरामा प्रदेश सरकार तयार रहेको उनले बताए । जनयुद्धमा मार्फत प्राप्त उपलब्धि हासिल गराउने सहिदहरू प्रति उच्च सम्मान रहेको मुख्यमन्त्री त्रिलोचन भट्टको भनाई छ ।
१२ वर्षे जनयुद्धमा घाइते, अपाङ्गलाई भएका व्यक्तिहरूलाई सम्मान जनक जीवन बाँच्नको लागी प्रदेश सरकारले केही गरेन कि नसोच्न उनीहरूलाई मुख्यमन्त्री त्रिलोचन भट्टले आग्रह गरे । प्रदेशले छलफल गरिरहेको हुँदा छिट्टै त्यस्ता खालका कार्यक्रम ल्याउने प्रतिबद्धता गरेका छन् । कार्यक्रमको फरक प्रसङ्गमा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले देशमा जुन खालको घटनाक्रम भइरहेको छ सब गणतन्त्र नचहानेहरुको कारणले भएको बताए ।
जनयुद्ध भनेकाे बयलगाडा हाे अमेरीका पुग्न सकिन्न भन्नेहरुले नै जनयुद्धका धाईते, अपाङ्ग, सहिद र नेपाली जनताको सपनालाई चकनाचुर गरेकाेले त्यस्ता अग्रगमन बिराेधीप्रति सजक रहन उनले आग्रह गरे ।कार्यक्रममा १२ वर्षे जनयुद्धमा लडेर सहिद भएकाकाे परिवार, बेपत्ताजनकाे आफन्त, घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई दोसल्ला सहित सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा नेकपा केन्द्रीय सदस्य देवराज रेग्मी, संविधानसभा सदस्हरु, प्रदेशसभा सदस्यहरु लगायत नेकपा कैलालीका सचिवले सम्बाेधन गरेका थिए ।