Dashain Suvakamana

सुदूरपश्चिम मुकाम धनगढीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

धनगढी । धनगढीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बिहिवार समुदाय–प्रहरी साझेदारी अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको आयोजनामा ट्राफिक नियमको पालना गराउन जनचेतना मूलक कार्यक्रम गरिएको हो ।

स्थानीय तहका प्रमुख, यातायात व्यवसाय, अटो रिक्सा र साना सवारी साधनका चालक र सहचालक लाई दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी कैलालीका प्रमुख वीरेन्द्र बहादुर बोहराले बताए ।

चालक र सहचालकले माधकपर्दाथ सेवन गरेर सवारी साधन नचाउने, लेनअनुसासन कायम गर्न र चालकले ट्राफिक चिन्हहरूको पालन गर्न आवश्यक रहेको उनले बताए ।कार्यक्रममा सहभागीहरूले बेला–बेलामा ट्राफिक नियम सम्बन्धी जनचेतना मूलक कार्यक्रम गर्न आवश्यक रहेको बताएका थिए ।

ट्राफिक सचेतना कार्यक्रमले गर्दा अटो रिक्सा चालकले ट्राफिक नियमको पालन गर्न र दुर्घटना न्यूनीकरणमा कमी आउने अटो रिक्सा चालक जगदीश चौधरीले बताए ।साँघुरो सडक सँगै सडकमा खाल्डाखुल्डीले गर्दा पनि दुर्घटनाको जोखिम बढे सँगै कयौँले ज्यान समेत घुमाउन परेको छ ।

समुदाय स्तर सम्म ट्राफिक नियमको पालन सँगै जनचेतनाको कार्यक्रम गर्न सकियो भन्ने दुर्घटना न्यूनीकरणमा कमी आउने सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए ।

धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले ट्राफिक नियम सम्बन्धी जनचेतना मूलक कार्यक्रम ट्राफिक प्रहरी सँग समन्वय गरेर महिना महिनामा सबै सवारी साधनका चालकहरू लाई दिने बताए । उपमहानगरपालिका भित्रका सबै सडकमा डिभाइडर राख्ने उनले जानकारी दिए ।

कार्यक्रममा अटो रिक्सा चालक लगायत अन्य यातायात प्रा लि र सरोकारवालाहरू गरेर ५० जना जतिको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.