कञ्चनपुरमा पालिकास्तरीय क्रिकेट प्रतियोगिता फागुन २० गतेदेखि
बिकाश सिंह महता
कञ्चनपुर । क्रिकेटका उर्वरा भुमिका रुपमा देशमै पहिचान बनाएकाे कञ्चनपुरमा अन्तर पालिका स्तरिय दाेस्राे संस्करणकाे क्रीकेट कप टि-२० प्रतियोगिताको मिति तय गरिएको छ। महेन्द्रनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै यहि फागुन २० गतेदेखि महेन्द्रनगरस्थित कबडहलको खेलमैदानमा आयोजना गरिने कञ्चनपुर क्रीकेट संघका अध्यक्ष बिरेन्द्र चन्दले बताएका छन् ।
उनका अनुसार ‘विश्वव्यापी रुपमा फैलिएको महामारीले गर्दा खेलकुद क्षेत्र नै धरापमा परेको यो समयमा सबै स्थानीय तहहरुको टिम सहयोगमा जिल्लामा क्रीकेट प्रतियोगिताको आयोजना हुन लागेको र प्रतियोगितामा कञ्चनपुर जिल्लाका नौवटै पालिका मध्य २ वटा पालिका बाहेक ७ वटा स्थानीय तहको टिमको सहभागिता रहने छ।
लिक कम नकाउटको आधारमा दुई समुह विभाजन गरि प्रतियोगिता फागुन २० देखि २६ गते सम्म संचालन हुने छ।’ जसमा यू-१९ उमेर समुहका ५ जना खेलाडी अनिवार्य रुपमा राख्नुपर्ने छ। जसले गर्दा एउटा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टिमकालागि एउटा यू-१९ खेलाडीलाई छनोट गरि टिम बनाउनमा ठूलो सहयोग पुग्ने देखिन्छ ।
सहभागीमा महाकाली नगरपालिका, भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाको टिम रहेका छन् । समूह” ए” मा भीमदत्त, बेलौरी, शुक्लाफाटा र बेलडाँडि रहेका छन। समुह “बि” मा बेदकोट,दोधारा चादनी र कृष्णनगपालिका रहेका छन् ।
प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन् । जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ। अध्यक्ष चन्दले भन्ने ‘प्रतियोगितामा सहभागी हुने टिमका लागि कञ्चनपुर जिल्ला क्रीकेट संघले खेल पोशाक दिने र प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्रदेखि लिएर पहिचान झल्काउने खालको फोटो समेत राखेको छ। जसले खेलकुद क्षेत्रलाई मात्र नभएर एउटा पर्यटन प्रबर्द्धन लाई समेत सहयोग पुग्ने छ।’
पत्रकार सम्मेलनमा कञ्चनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष बिरेन्द्र चन्द,संघका कोषाध्यक्ष भुवन पन्त,सदस्य विशाल सोनार, पुर्व खेलाडी एवं संघकी सदस्य माया रावत साउँद, सदस्य एवं जिल्ला प्रशिक्षक बिरेन्द्र शाही र स्कोरर नरेन्द्र राज भट्ट लगायत खेलाडीको उपस्थिति रहेको थियो।