‘सुदूरपश्चिम प्रदेशमा चलचित्र विकास बाेर्ड गठन गरिने’ : मुख्यमन्त्री
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेशमा चलचित्र विकास बाेर्ड गठन गरिने बताएका छन् । बुधवार नेपाल चलचित्र विकास बाेर्डका पदाधिकारीसँगकाे भेटमा मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् ।
पर्यटन, कला, संस्कृति र माैलिकताकाे यथार्थ प्रचार-प्रसार गर्न र त्यसवाट समाजकाे सकारात्मक रुपान्तरणकालागि प्रदेशमा चलचित्र विकास बाेर्ड गठन गर्न सरकार तयार रहेकाे भन्दै मुख्यमन्त्री भट्टले यहाँकाे कला संस्कृति जगेर्नामा कहाँ के गर्न उपयुक्त रहन्छ, समन्वयत्मक सुझव दिन नेपाल चलचित्र विकास बाेर्डसँग आग्रह गरे ।
नेपाल चलचित्र विकास बाेर्डका अध्यक्ष दयाराम दहालकाे नेतृत्वमा आएकाे टाेलिसँगकाे छलफलमा चलचित्र छयाङ्कन स्थल पहिचान अन्तरगत सुदूरपश्चिम प्रदेशका संभाव्यता अध्यायन गरी साे क्षेत्रकाे विकास निर्माणमा प्रदेश सरकारकाे प्रतिबद्धता रहने मुख्यमन्त्री भट्टले बचन दिएका थिए ।
सघीय टाेलीमा सुदूरपश्चिम प्रदेशका कलाकार तथा संगीतकार्मिहरु लक्ष्मी अचार्य, विरेन्द्र भट्ट, सुरत रावल (डाेटेली कान्छा) मुख्यमन्त्री भट्टका प्रमुख सचिव शिविसं ओली, आन्तरिक मामला तथा कानून मन्त्रालयका सह सचिव सामेल भएर सुदूरपश्चिम प्रदेशका सम्भावित स्थलकाे अनुगमनमा निस्केकाे बताइएकाे छ ।