Dashain Suvakamana

सुदूरपश्चिम सरकार अन्तर मन्त्रालयकाे अर्धवार्षिक समिक्षा गर्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष २०७७/०७८ काे अर्धवार्षिक समिक्षा गर्न थालेकाे छ ।यसैक्रममा आज साेमवार भाैतिक पूर्वाधार विकास मन्त्रालयकाे समिक्षा भैइरहेकाे छ ।

समिक्षा गेष्ठीमा मन्त्रालय अन्तरगतका उर्जा जलस्राेत, यातायात, भाैतिक पूर्वाधार (सडक, खानेपानी, सिचाई, भवन लगायत) का डिभिजन प्रमुखहरुले आ-आफ्नाे क्षेत्रमा सञ्चालित याेजना कार्यान्वय प्रगतिकाे विवरण पेश गरिरहेकाे मन्त्रालयका सचिव गणेशप्रसाद भट्टले जानकारी दिए ।

भाैतिक पूर्वाधार विकास मन्त्रालयकाे जिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्री त्रिलाेचन भट्टकाे समउपस्थितिमा भैइरहेकाे छलफल गाेष्ठीबाट बार्षिक कार्य प्रगती बढाउने उद्देश्यले सरकारका मन्त्रालय अन्तरगत भए गरेका कामकाे समिक्षा गर्दै समस्य समाधान गरिने बताइएकाे छ ।

अहिले अर्धबार्षिक मन्त्रालय अन्तरगत समिक्षामा जुटेकाे प्रदेश सरकारले यसअघि प्रथम चौमासिक सम्मको बजेट खर्च र राजश्व सङ्कलनमा उल्लेख्य बृद्धि गरेकाे बताएकाे थियाे ।May be an image of one or more people, people standing and indoor

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.