नेपाल र भारतका ब्यबसायीद्वारा सिमानाका सहज बनाउन माग
धनगढी । नेपाल र भारतका ब्यबसायीहरुले सिमानाका सहज रुपमा खोल्न नेपाल सरकारसँग माग गरेका छन । नेपाल भारत सिमा नाका गौरीफन्टामा बसेको बैठकमा दुबै देशका ब्यवसायीहरुले उक्त माग गरेका हुन । उनिहरुले नाका बन्दहुँदा सिमाक्षेत्रमा ब्यापार गर्ने ब्यापारीका साथै सर्वसाधरणलाई समस्या भएको बताएका छन ।
लामो समयदेखि कोरोना महामारीका कारण बन्द रहेको नाका पहिले जस्तै निर्विवाध रुपमा सञ्चालनमा ल्याउन उनिहरुले माग गरेका छन । नेपालको गृह मन्त्रालयले आदेश दिएको भएपनि कैलाली र कञ्चनपुर प्रशासनले सीमा नाका नखोलेको भन्दै भारतीय भाजपा नेता रवि गुप्ताले आपत्ति जनाएका छन्।
यस्तै घोषित रूपमा नाका खुला नहुँदा खुला सिमानाको फाइदा उठाउँदै मानिस आवतजावत गर्ने क्रम नरोकिएको र तस्करी, कालोबजारी गर्नेहरूलाई फाइदा उठाइरहेकोले तत्काल सहज रुपमा नाका खोल्नु पर्ने कैलाली उद्योग बाणिज्य सघका अध्यक्ष पुष्प कुँवरले बताए । नाकामा रहेका पर्यटन व्यवसाय, होटेल व्यवसाय तथा यातायात व्यवसाय धराशायी बनेकाले तत्काल नाका सुचारु गनुपर्ने उनकाे भनाई छ ।