Dashain Suvakamana

प्रदेश सरकारकाे सकृयतामा कञ्चनपुरको मझगाउँ विमानस्थल सुचारु हुने

विकास महता

कञ्चनपुर । ४ दशकअघि निर्माण भएर गाईबस्तु चरनमा सीमित कञ्चनपुरको मझगाउँ विमानस्थल अब चालु हुने भएकाे छ ।स‌घीयतासँगै गठन भएकाे प्रदेश सरकारकाे पहलमा साे बिमानस्थल चालु हुने भएकाे हाे ।

बिमानस्थल सुचारु गर्न सुदूरश्चिम प्रदेश सरकारसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण र कञ्चनपुरका भीमदत्त र दोधारा चाँदनी नगरपालिकाकाे हातेमालोमा ३७ करोडको लागतमा धावनमार्ग कालोपत्रे हुने भएपछि सुदूर तराईको दोस्रो ठूलाे विमानस्थल बन्ने भएको हाे। मझगाउँ विमानस्थलको स्तरोन्नति र सञ्चालनका लागि संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५, भीमदत्त नगरपालिकाले १५ र दोधाराचाँदनी नगरपालिकाले १० प्रतिशत खर्च जुटाउने समझदारी भएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए ।

सम्झौता अनुसार विमानस्थलको धावन मार्ग १६ सय मिटर लामो हुने छ जसबाट साना आकारका विमान उडान वा अवतरण गर्न सकिने छ।विमानस्थल निर्माण गर्ने काम सम्पन्न हुने बित्तिक्कै हवाई सेवा सञ्चालन भए सुदूरपश्चिम प्रदेशको व्यापार तथा पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। मझगाउँ विमानस्थल कालोपत्रे गर्दै पुन सञ्चालनमा आउने भएपछि स्थानीयबासी निकै हर्षित भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.