Dashain Suvakamana

आज २६औं जनयुद्ध दिवश, मुख्यमन्त्री भट्टद्वारा शुभकामना ब्यक्त

धनगढी । सर्वहारा वर्गकाे मुक्ति र स्वतन्त्रताकालागि तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ। वि.सं. २०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२/६३ सालको जनआन्दोलनसँगै विसर्जन भएको थियो।

नेपाली जनताकाे आमुल परिवर्तनकाे खातिर संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो।

यही ऐतिहासिक दिनकाे स्मरण गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले परिवर्तनकाे जनआकक्ष पुरा गर्नेतर्फ आफ्नाे प्रयास जारी रहने प्रतिबद्धता जाहेर गरेका छन् । मुख्यमन्त्री भट्टकाे सचिवालयद्वारा सामािजक सञ्जालमा भनिएकाे छ- ‘जीवन उत्सर्ग गर्ने महान शहिदहरुप्रति श्रद्धासुमन,  घईते अपाङ्गता तथा बेपत्ता जनमा उच्च सम्मान सहित महान जनयुद्ध दिवशकाे हार्दिक शुभकामना ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.