Dashain Suvakamana

अपराधको जालाे काट्न सबैकाे भुमिका आवश्यक : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले समाजमा ब्याप्त अपराधिक जालाे काट्न सबैकाे भुमिका आवश्यक रहेकाे बताएका छन् । महिला मानवअधिकार कर्मीकाे टाेली र आन्दाेलनरत विधार्थीहरुकाे ध्यानकर्ण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले भागरथी हत्या घटनामा संलग्न जाे सुकै भएपनि नछाेडिने बताएका हुन् ।

बैतडीमा अप्रत्यासित एकपछि अर्काे घटना घटि रहेकाेप्रति प्रदेश सरकार गम्भीर भएकाे बताउदै मुख्यमन्त्री भट्टले बैतडीकी छात्रा भागरथी भट्टकाे हत्या प्रकरण र बावुद्वारा गाेली प्रहारगरी हत्या गरिएकी छाेरीकाे अर्काे घटनाका पीडितलाई सरकारले सहयाेग तथा रहात दिने बताए । भागरथी हत्या घटनाकाे अनुसन्धानमा प्रदेश प्रहरी प्रमुख नै लागेकाले हत्यारा चाँडै पत्ता लाग्ने र कानूनअनुसार कडा भन्दा कडा कारवाही हुनेमा कुनै आपत्ति नगर्न उनकाे आग्रह थियाे । बल्की समाजमा ब्याप्त अपराधिक जालाे काट्न सबैकाे भुमिका आवश्यक रहेकाे उनकाे जाेड थियाे ।

उनले भने- ‘म आफैले पनि घटनाकै दिनदेखि प्रमुख जिल्ला अधिकारीलाई छानवीनमा कुनै कसर बाँकी नरहने गरी प्रकृर्या थाल्न भनिरहेकाे छु ।’ सुदूरपश्चिमकाे समाजमा एकपछि अर्काे जघन्य अपराधिक घटना घटिरहेकाेप्रति प्रदेश प्रहरी प्रशासन सबैलाई चनाखाे रहन भनेकाे उनले बताए ।

प्रदेश सरकारअन्तरगत सुरक्षा निकायहरु आइ नसकेकाले शान्ति सुरक्षा सम्बन्धि कार्य सम्पादनमा केही अफ्ठ्याराे भएपनि प्रदेश सरकार सबैसँगकाे समन्वयमा अपराध नियन्त्रमा लागिपर्ने बताए । पिडीत परिवारलाई के कस्ताे रहात दिन सकिन्छ, छलफल गरेर निर्णय गर्ने उनले प्रतिबद्धता जनाए ।

मुख्यमन्त्रीकाे ध्यानाकर्षण गर्न आएका महिला अधिकार कर्मी तथा आन्दाेलनरत विधार्थीहरुलाई बैतडीकी छात्रा भागरथी भट्टकाे हत्या प्रकरणलाई निर्मला पन्तकाे जस्ताे हुन नदिने मुख्यमन्त्री भट्टकाे भनाई थियाे ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.