नेपाल क्रिकेट संघका पदाधिकारीद्वारा मुख्यमन्त्री भट्टसँग भेट
धनगढी । नेपाल क्रिकेट संघका पदाधिकारीद्वारा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टसँग भेटघाट गरेका छन् । नेपाल क्रिकेट संघ सुदूरश्चिम अध्यक्ष हरी रेग्मीकाे नेतृत्वमा आएकाे प्रतिनिधि टाेलीले मुख्यमन्त्रीभट्टलाई आईतवार उनकै कार्यकक्षमा भेट गरेकाे हाे ।
भेटका क्रममा नेपाल क्राकेट संघका केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दले सुदूरपश्चिमका खेलाडीले राष्ट्रिय खेलकुदकाे विकासमा १४ प्रतिशत बढी याेगदान दिने तर, संघीय सरकारले सुदूरश्चिमकाे खेलकूदलाई ५ प्रतिशत मात्रै याेजना दिने गरेकाे जानकारी गराउँदै प्रदेश र स्थानीय सरकारले खेलकूदमा सकृयता देखाउनुपर्ने बताए । यस्तै टाेलीले फाप्ला क्रिकेट मैदानकाे बारेमा पनि प्रदेश सरकारकाे ध्यानाकर्षण गराएकाे थियाे ।
छलफलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले खेलकूद स्वास्थ्य र राष्ट्रकाे गाैरबसँगै जाेडिएकाे महशुस गरेर प्रदेश सरकार गठन भएदेखि नै महत्वकासाथ बजेट विनियाेजन गर्ने गरेकाे भएपनि कानूनी अभावले आशातित सफलता प्राप्त गर्न नसकेकाले अब सरकारले आफै ऐन बनाएर खेलकूदका संरचना स्थानीय तहसम्म गठन गर्न लागेकाे बताए ।
त्यसपछि खेलकूद गतिविधि बढ्ने उनकाे विश्वास थियाे । प्रदेश सरकारले फाप्ला मैदान प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएकाे भएपनि संघीय क्याविनेटबाट पारित गरी पठाउन ढीलाई गरेकाे जानकारी गराएका थिए ।