Dashain Suvakamana

बैतडी किशोरी मृत्यु प्रकरणः छिटाेछरीताे छानवीन गर्न मुख्यमन्त्रीकाे निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले बैतडीमा छात्रा मृत्युकाे घटनामा तदारुकता साथ छिटाेछरिताे छानविन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री भट्टले शुक्रवार बैतडीका प्रमुख जिल्ला अधिकारी माेहनराज जाेशीलाई टेलिफोन मार्फत घटना दुखदायी भएकाले सुक्ष्म तरिकाले थप अनुसन्धान गर्दै सत्यतथ्य पत्ता लगाउन छिटाेछरिताे काम कार्वाही गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री भट्टकाे सचिवालयले दिएकाे जानकारी अनुसार घटनाकाे मसिनाे तरिकारले अनुसन्धान गरी दाेषी जाे सुकै भएपनि कडा कार्वाही गर्न र दाेषी नउम्कने गरी  छिटाेछरिताे छानविन प्रकृर्या थाल्न निर्देशन दिएका हुन् ।

बलात्कारपछि किशोरीको हत्या गरिएको उक्त घटनामा शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाउँदै अनुसन्धान जारी राखिएको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताएका छन्। शंकास्पद ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक सिंहले अन्य व्यक्तिमाथि समेत निगरानी भइरहेको बताए।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.