Dashain Suvakamana

सुदूर पहाडमा हिमपातसहित वर्षा, चिसाे बढेपनि किसान खुशी

धनगढी । सुदूरपश्चिम प्रदेशका उच्चपहाडमा हिमपातसहित वर्षा भएको छ। प्रदेशका बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा लगायतका जिल्लाका उच्च हिमाली तथा लेकाली भेगमा गएराति वर्षासहित हिमपात भएको हो।

हिमपातले चिसो बढाएपनि किसानहरु भने खुशी भएका छन् । धेरैपछि परेकाे हिमपात तथा वर्षाले हिउँदे बाली सप्रिने भन्दै खुसी भएका हुन् । बैतडीको श्रीभावर, ढोल्यामोड, खोड्पे, अनारखोली, बझाङको बित्थड र डडेल्धुरामा वर्षासँगै हिमपात भएको हो भने बाजुराका उच्च हिमाली भेगमा समेत हिमपात भएको छ।

हिमपातपछि बढेको चिसोले पहाडी जिल्लामा चिसो बढेपछि जनजीवन केही प्रभावित भएको स्थानीयकाे बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.