Dashain Suvakamana

चाेर बाटाे भएर भारत लगिँदै गरेकी युवतीको उद्वार, २ जना पक्राउ

विकास महता

कञ्चनपुर । कञ्चनपुरको अवैध बाटाे  भएर भारत लगिँदै गरेकी एक युवतीको उद्वार गरिएको छ। कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका–१ पशुपतीटोल, गढीगोठस्थित बाटाेवाट भारततर्फ लैजान खोजीरहेको अवस्थामा १८ वर्षीया किशोरीको सशस्त्र प्रहरीले उद्वार गरिएको ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ।

बोडर आउट पोष्ट बयलबन्दाबाट सहायक प्रहरी नायव निरीक्षक तेज सिंह भण्डारीको कमाण्डमा खटिएको सीमा गस्ती टोलीले २ जना युवकलाई समेत नियन्त्रणमा लिएको छ।युवतीको साथमा रहेका गोरखाको गण्डकी गाउँपालिका–२ का २८ वर्षीय विकाश चेपाङ्ग र ४० वर्षीय होलबहादुर मगरलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए।

नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक कारवाहीका लागि शान्ति पुर्नस्थापना गृह दोधाराचाँदनीको जिम्मा लगाइएको उनले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.