सुदूरपश्चिमका निजी तथा सामुदायीक स्वास्थ्य संस्थालाई दर्ता आव्हान
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अस्पताल तथा स्वास्थ्य संस्थालाई दर्ता तथा नविकरण हुन आव्हान गरेकाे छ । प्रदेशकाे सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै प्रदेशमा संचालित निजि, सरकारी, गैरसरकारी र सामुदायिक स्वास्थ्य संस्थाहरुलाई दर्ता तथा अध्यावधिक प्रकृर्या अपनाउन भनेकाे हाे ।
२५ शय्यासम्मका अस्पतालले सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय एक सय शैय्यासम्मकाले स्वास्थ्य निर्देशनालय र २ सयसम्मकाले सामाजिक विकास मन्त्रालय सुदूरपश्चिममा दर्ता तथा नविकरण १५ दिनभित्र गर्नुपर्ने भनेकाे छ ।