Dashain Suvakamana

प्रधानमन्त्रीकाे असंबैधानिक कमद विरुद्ध डा. केसी आमरण अनसन बस्ने

काठमाण्डाैं । झण्डै ८ दशकसम्म नागरिकहरूले रगत–पसिना बगाएर ल्याएको लोकतान्त्रिक व्यवस्था जोखिममा रहेको संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने अधिनायकवादी व्यवस्थाका विरुद्धमा आफूले फागुन १२ गतेदेखि २० औँ आमरण अनसन बस्न लागेको डाक्टर केसीले जानकारी दिएका छन् ।

एक दशकदेखि देशको स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका पक्षमा निरन्तर सङ्घर्षरत रहेकोमा केही माग पूरा भएको र केही बाँकी रहेको स्मरण गराउँदै डाक्टर केसीले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गो राज्य संयन्त्र नै कब्जामा लिएकाले त्यसको विरुद्धमा अनसन बस्न बाध्य भएको बताएका छन् ।

केपी शर्मा ओली देशको प्रधानमन्त्री रहेसम्म संविधान मात्रै नभइ सिङ्गो देशको स्वार्थ र सुरक्षासमेत खतरामा तथा अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर रहेको डाक्टर केसीको दाबी छ ।

नागरिकले नैतिक बलमा टेकेर अहिंसात्मक सङ्घर्ष गरेमा लोकतान्त्रिक अधिकारहरू हरण गर्ने सबै प्रपञ्च असफल हुने डाक्टर केसीको विश्वास छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.