Dashain Suvakamana

माइत बसेकी श्रीमती लिन ससुराली गएका युवा १६ दिनदेखि बेपत्ता

धनगढी । बझाङका एक युवक १६ दिनदेखि बेपत्ता भएका छन् । ससुराली दाङ हिँडेका जयपृथ्वी नगरपालिका ४ गोलाइ घर भएका २० वर्षीय लक्ष्मण विक १६ दिनदेखि बेपत्ता भएका हुन् ।

विकले चौध महिनाअघि दाङ तुल्सीपुर नगरपालिका–१८ की गायत्री कुमालसँग विवाह गरेका थिए । श्रीमती भेट्न ससुराली गएका विक बेपत्ता भएपछि उनका आफन्तहरुले ससुराली पक्षले नै बेपत्ता पारेको आरोप लगाइरहेका छन् ।

विवाह भएको पाँच महिनासम्म बझाङ बसेर माइतीघर दाङ हिँडेकी गायत्री बझाङ फर्किन नमानेपछि लिन गएका  छोरा ससुरालीबाट बेपत्ता भएको उनका बुवा हरी विकले बताए । लक्ष्मण र गायत्रीको फोनमा समेत झगडा हुने गरेको थियो । छोरालाई ससुराली बोलाएर ससुराली पक्षले नै बेपत्ता पारेको उनको आरोप छ ।

श्रीमती लिन ससुराली हिँडेका लक्ष्मण बेपत्ता भएपछि खोजीको लागि दाङ प्रहरीमा उजुरी दिए पनि हालसम्म केही पत्ता नलागेको भन्दै परिवार चिन्तामा परेका छन् ।

काठमाडौंमा रहेका लक्ष्मणलाई माघको पहिलो सातातिर गायत्रीले नै फोन गरेर लिन आउन भनेर फोन गरेको उनका दाई गणेश विकले बताए । उनले भने ‘बुहारीले नै  लिन आउ भनेर फोन गरेर बोलाएकी हुन्, हालसम्म पनि भाइको अत्तोपत्तो छैन । माइती पक्षले नै बेपत्ता पार्‍यो की भन्ने शंका उत्पन्न भएको छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.