Dashain Suvakamana

भूमिसम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका जिल्लामा पदाधिकारी ताेक्याे

धनगढी । भूमि सम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पदाधिकारी मनोनित गरेको छ।

आयोगले कैलाली जिल्लाकाे अध्यक्षमा दीपक देवकोटा विज्ञ सदस्यमा दुजराम चौधरी र सदस्यमा बलबहादुर महतालाई सदस्यमा मनोनित गरेको छ। यस्तै बाजुराकाे अध्यक्षमा रामलाल कार्की, कञ्चनपुरमा कमला कुमारी बोहरा, डडेल्धुरामा पदमराज जोशी, अछाममा कटकबहादुर साँउदलाई ताेकेकाे छ ।

यस्तै दार्चुलामा रामदत्त जोशी, डोटीमा गणेशबहादुर बिष्ट, बझाङमा कलकबहादुर खड्का र बैतडीमा नरेशकुमार विश्वकर्मालाई मनोनित गरिएको आयोगका केन्द्रीय सदस्य अगस्त अधिकारीले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.