Dashain Suvakamana

काेराेना अपडेट : आज १०९ संक्रमित, ३५० निको भए, २ जनाकाे मृत्यु

आज थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ८५४ पुगेको छ। पछिल्लो २४ घण्टामा ३५० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०२७ पुगेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.