Dashain Suvakamana

तेस्रो दिनसम्म काेराेनाबिरुद्ध खोप लगाउनेको संख्या ४६ हजार नाघ्याे

धनगढी । कोभिड १९ खोप अभियानअन्तर्गत आज तेस्रो दिनसम्म आइपुग्दा जम्मा ४६ हजार एक सय ९७ जनाले  खोप लिएका छन्  ।अभियानको पहिलो दिन ६४ जिल्लामा खोप लगाइएकामा बिहीबारबाट भने ७७ वटै जिल्लामा अभियान सुरु गरिएको थियो  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार तेस्रो दिन प्रदेश १ मा ७ हजार ३ सय ६९ जनाले खोप लिए भने प्रदेश २ मा ४ हजार ६ सय ५० वाग्मतीमा १५ हजार ६ सय ४१, गण्डकीमा ७ हजार १ सय ५३ लुम्बीनीमा ४ हजार ६ सय ३५, कर्णालीमा २९ सय ६६ र सूदूरपश्चिममा ३ हजार ७ सय ८३ जनाले खोप लिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.