Dashain Suvakamana

आज शहिद दिवस, मुख्यमन्त्री भट्टद्वारा श्रद्वाञ्जली ब्यक्त

धनगढी । आज शहिद दिवस, नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन निरङ्कुश र तानासाही शासन व्यवस्थाविरुद्धका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाप्रति सम्मान गर्दै माघ १६ मा शहीद दिवस मनाउने गरिन्छ ।

नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउन आफूलाई उत्सर्ग गर्ने अमर शहीदहरुमा श्रद्धा व्यक्त गर्न, उनीहरुको साहस, संकल्प र आदर्शलाई सम्मान गर्न ‘शहीद दिवस’ मनाइने गरिन्छ । शहीद दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले आफ्नाे जीवनकाे बलिदानी दिएर हामीलाई सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन्।

अमर शहीदहरुप्रति श्रद्धा व्यक्त गर्दै उनले शहिदले देखाएकाे बाटाे पछाईरहने दृढता व्यक्त गरेका छन् । शहीदहरूको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने मुख्यमन्त्री भट्टकाे बिश्वास छ ।

लोकतान्त्रिक गणतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने बताउँदै उनले यसबाट नै विद्यमान विसंगतिको अन्त्य हुने र राष्ट्र र समाजले दु्रततर रुपमा विकास निर्माणका कार्यहरु गर्ने धारणा व्यक्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.